स्वास्थ्यकर्मीको स्तरबृद्धिका लागि कासमू विवरण पठाउन विभागको निर्देशन

काठमाडौँ, १४ असार । स्वास्थ्य सेवा विभागले स्वास्थ्यकर्मीहरुको कार्य सम्पादन मूल्यांकन विवरण तत्काल पठाउन तीनवटै तहलाई निर्देशन दिएको छ ।

विभागले २०७८ असार मसान्तसम्म स्तरबृद्धिका लागि योग्यता पुरा भएका स्वास्थ्यकर्मीहरुको लागि कार्य सम्पादन मूल्यांकन फारम पेश गर्न संघ अन्तरगर्तका सबै कार्यालयहरु, प्रदेश अन्तरगर्तका सबै कार्यालयहरु र स्थानीय तहका सबै कार्यालयहरुलाई भनेको हो ।

विवरण प्राप्त गरेपछि विभागले कासमूको आधारमा स्तरबृद्धिको प्रक्रिया अघि बढाउने छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *