नवनियुक्त स्वास्थ्यमन्त्री श्रेष्ठले गरे पदवहाली

760
Shares

काठमाडौँ, ११ असार । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्ण गोपाल श्रेष्ठले पदवहाली गरेका छन् । उनले साढे १२ बजे स्वास्थ्य मन्त्रालय पुगेर पदवहाली गरेका हुन् ।

यसअघि स्वास्थ्य मन्त्री बनेका शेरबहादुर तामाङ सहित २० मन्त्रीको नियुक्ति सर्बोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी रहेका चार मन्त्रीलाई अन्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

मन्त्री श्रेष्ठलाई स्वास्थ्य सहित श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।
थपिएका मन्त्रालयमा पनि आजै गएर पदवहाली गर्ने कार्यक्रम छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *