कोरोनाका बिरामीका लागि आइसीयू चाहियो ? स्वास्थ्य मन्त्रालयको वेवसाइट हेर्नुहोस

220
Shares

काठमाडौँ, ८ असार । पछिल्ला सातामा कोरोना संक्रमण घट्दो क्रममा देखिएको छ । कोरोनाबाट गम्भीर बिरामी हुनेको संख्या पनि घटदो छ । यद्धपी कतिपय अस्पतालका आइसीयूमा बिरामी भरिभराउ छ । स्वास्थ्य मन्त्रालयले भने यहि बेला अस्पतालमा बेड खाली छ कि छैन् भनेर हेर्न मिल्ने अनलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयको  https://covid19.mohp.gov.np/  वेव साइटमा  क्लिक गरेपछि सात वटै प्रदेशका २८४ वटा कोभिडको उपचार गर्ने अस्पतालको विवरण देख्न सकिनेछ ।

‘यो विवरण अस्पतालहरु आफैले अपडेट गर्नेछन् । त्यहाँ बेड खाली छ कि छैन हेरेर पनि बिरामी लैजान सकिन्छ,’ मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भने । वेवसाइटमा जनरल बेड, एचडीयू, आइसीयू र भेन्टिलेटर सम्मको विवरण उपलव्ध छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *