काठमाडौं उपत्यकामा थप एक साता ‘लुज लकडाउन’ (अब के के खुल्ने ? के के बन्द हुने ?)

काठमाडौं ६ असार । काठमाडौँ उपत्यकामा थप एक साता ‘लुज लकडाउन’ गरिने भएको छ । काठमाडौँ, भक्तपुर, ललितपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी असार ८ गते विहान देखि असार १४ गते राती १२ बजेसम्म ‘लुज लकडाउन’ गर्ने निर्णय गरेको हो ।

यसपटकको लकडाउनमा भिडभाड हुने गतिविधिलाई रोक लगाइएको छ । सार्वजनिक यातायातका साधनहरुलाई पनि निषेध गरिएको छ । तर निजी सवारी साधनहरु जोर बिजोर गरी सञ्चालन गर्न सकिने भएको छ । यस्तै सरकारी कार्यालयहरु खुल्ला हुनेछन् । फेन्सी पसल, सुन पसलहरुलाई बार अनुसार सञ्चालन गर्न भनिएको छ ।

थप जानकारीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना हेर्नुहोस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *