‘युवापुस्ता ….! हृदयघातबाट बच्ने हो ?’ सुर्ति चुरोटको सेवन बन्द गरौँ

डा. चन्द्रमणि अधिकारी

चालिस बर्ष भन्दा  कम उमेरका व्यक्तिमा हृदयघात हुनु सामान्य होईन ।

केही बर्ष अघि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा गरिएको अध्ययन् अनुसार हृदयघात भएर भर्ना भएका कुल बिरामीमध्ये ४० बर्ष मुनिका बिरामीको संख्या ११ प्रतिशत थियो ।

यस्ता बिरामीहरु सबैमा प्रमुख कारक धूमपान भएको पाइन्छ ।

आज कै कुरा गरौँ हृदयघात भई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका लागि आएका एक जना २९ बर्षका बिरामी धूमपान प्रयोगकर्ता थिए ।

कोरोना कहरका बीचमा पनि ‘प्राइमरी एनजिओप्लास्टी गरी उनको बन्द भएको मुटुको धमनी खोलियो ।

हृदयघात भएको लक्षण (छाती दुख्नु) शुरु भएको १२ घण्टा भित्र गरिने यो उपचार उत्कृष्ठ उपचार हो ।

युवा पुस्तामा बढिरहेको हृदयघातबाट युवापुस्तालाई बचाउन मुटुलाई माया गरौँ सुर्ती चुरोटको सेवन बन्द गरौँ । स्वस्थ जीवन शैली अपनाउँ । स्कुल कलेजका विद्यार्थीहरुलाई सचेत गराऔँ ।

 

 #शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. अधिकारीले सामाजिक सञ्जालमा व्यक्त बिचार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *