देशभर थप २८२८ जनामा कोरोना संक्रमण, ३०८२ संक्रमणमुक्त


काठमाडौँ, २ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार ८ सय २८ जना कोरोना संक्रमित थपिएका छन् ।

यहि अवधीमा थप ३ हजार ८२ जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट निको दर ८८. ५ प्रतिशत रहेको छ । त्यसैगरी आज थप ५२ जना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौविस घण्टामा थप ८ हजार ६८७ जनाको पीसीआर र ४ हजार ३३५ जनाको एन्टीजेन विधिबाट गरी कुल १३ हजार २२ जनाको कोभिड९ १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ८ सय २८ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा ३५४ , भक्तपुरमा ७९र ललितपुरमा ६६ जना गरी काठमाडौँ उपत्यकामा ४९९ जना थपिएका छन्।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ९०२ जना र भेन्टीलेटरमा २७९ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *