काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थपियो
काठमाडौँ, १९ जेठ । काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थप भएको छ । आइतबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ३१ जेठ देखि ७ दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जोखिम कम भएपनि कोरोनाको चेनब्रेक गर्न केही समय थप निषेधाज्ञा लगाउनु पर्ने विज्ञहरुको सुझाव समेतलाई हेरेर यस्तो निर्णय लिइएको बताए।
पराजुलीका अनुसार बिहान ९ बजेसम्म खोल्न पाइने तरकारी तथा खाद्यान्न पसल अब बिहान ११ बजेसम्म खोल्न पाउने निर्णय भएको छ । अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् । त्यसैगरी पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको जिल्ला अधिकारी पराजुलीले बताए।
काठमाडौँ उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लागू भएकोे थियो ।
सम्पर्क इमेल : [email protected]