शनिबार थप ३१३ जना बालबालिकामा कोरोना संक्रमण

588
Shares


काठमाडौँ, २९ जेठ । नेपालमा पछिल्लो चौबिस घण्टामा थप ३ सय १३ बालबालिकामा कोरोना भाइरस (कोभिड – १९)संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको विवरण अनुसार ० देखि १० वर्ष उमेर समूहका ७८ जना र ११ देखि २० वर्ष उमेर समूहका २३५ सय जना बालबालिका रहेका छन् ।

आज सबैभन्दा बढी भने २१ देखि ३० वर्ष उमेरका ५५४ जनामा संक्रमण पुष्टी भएको छ । त्यस्तै ३१ देखि ४० वर्षका ५५०, ४१ देखि ५० वर्षका ३७३ जना , ५१ देखि ६० वर्षका २८४, ६१ देखि ७० वर्षका १६० जना , ७१ देखि ८० वर्षका १०३, ८० देखि माथिका ४२ जना र अज्ञात ३जनामा संक्रमण पुष्टी भएको छ ।

त्यसैगरी देशभरका प्रयोगशालाबाट थप ८ हजार ५०६ जनाको पीसीआर र ५ हजार ९८८ जनाको एन्टीजेन विधिबाट गरी कुल १४ हजार ४९४ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल ३ हजार ३ सय ८४ जनाको कोरोना रिपोट पोजेटिभ आएको छ ।

यही अवधीमा ६ हजार २९५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । भने थप ६१ जनाको मृत्यु भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *