औषधि व्यवसायीलाई कोभिडबिरुद्धको खोपको प्राथमिकतामा नपारिएको भन्दै आपत्ति
काठमाडौँ, २९ जेठ । कोभिडबिरुद्धको खोपमा औषधि व्यवसायीलाई प्राथमिकतामा नपारिएको भन्दै नेपाल औषधि व्यावसायी संघले आपत्ति जनाएको छ । उसले औषधि व्यवसायीलाई कोभिडबिरुद्धको प्रन्टलाइनरको रुपमा राखेर खोपको प्राथमिकतामा राख्न समेत माग गरेको छ ।
शुक्रबार संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले जारी गरेको विज्ञप्तीमा औषधि व्यवसायी कोभिड महामारीको जोखिममा रहेको समूह भएको, व्यवसायीहरु संक्रमणमा परे औषधिको आपूर्ति तथा वितरणमै समेत असहज हुने भन्दै तत्काल व्यवसायीलाई प्राथमिकतामा राख्न भनिएको छ ।
हेरौँ विज्ञप्ती

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



