दक्षिण अफ्रिकामा एक महिलाले एकै पटक १० सन्तान जन्माईन्

972
Shares

एजेन्सी । दक्षिण अफ्रिकाकी एक महिलाले एकै पटकमा १० जना सन्तानलाई जन्म दिएकी छन् । ३७ बर्षीया गोसिमे थामारा सिथोलेले गत सोमबार ३ छोरी र ७ छोरासहित एकै पटक १० जना सन्तानलाई जन्मदिएकी हुन् ।

सुत्केरी हुँदा उनी सात महिना सात दिनकी गर्भवती थिइन । प्रेटोरियाको एक अस्पतालमा सिजरियन सेक्सन गरी जन्माइएका सन्तानको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । त्यहाँका चिकित्सकले सिलोथेलाई एकैपटक सबैभन्दा धेरै सन्तान जन्माउने विश्व कीर्तिमान धारी महिला भएको हुनसक्ने बताएका छन् ।

गत मे महिनामा मालीकि एक महिलाले मोरक्कोको एक अस्पतालमा एकैपटक नौ सन्तानको जन्म दिएकी थिइन ।

त्यसो त सिथोलेलाई उनका चिकित्सकहरुले पेटमा ६ वटासम्म शिशु हुनसक्ने बताएका थिए । उनीहरुले विशेष सावधानी अपनाउन समेत उनलाई भनिरहेका थिए ।

सिथोलेका श्रीमान टेवोगो टोस्टेस्थीले एकैपटक १० सन्तान जन्मेकोमा आफू र परिवार खुशी भएको बताए ।

त्यसो त सिथोलेले यसअघि दुई जना जुम्ल्याहा छोरा जन्माएकी थिइन । ती छोराहरु अहिले ६ बर्षका भइसकेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *