बीएम फाउन्डेशन र रोटरी क्लवद्धारा दुईवटा नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ, २६ जेठ । बीएम फाउन्डेशन र रोटरी क्लव अफ काठमाडौँ नर्थको संयुक्त पहलमा स्याङ्जाको चापाकोट र गल्याङ नगरपालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना प्रकोपलाई नियन्त्रण गर्न सहयोग पुगोस भन्ने उद्धेश्यले ती दुई नगरपालिकालाई स्वास्थ्य सामग्री उपलव्ध गराइएको हो ।

बुधबार छुट्टा छुट्टै कार्यक्रम गरी फाउन्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले ती दुई नगरपालिकाका जनप्रतिनिधिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

डा अनुसार श्रेष्ठका चापाकोट नगरपालिकालाई २ हजार ५०० थान मास्क, ५० थान फेस सिल्ड १० लिटर स्यानिटाइजर, १० वटा पल्स अक्सिमिटर, १० सेट पिपिई उपलव्ध गराइएको छ । यी सामग्रीहरु डा श्रेष्ठले सामग्री चापाकोटका मेयर शिवकुमार गिरीलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा स्वास्थ्य प्रमुख विन्दु कोइराला, वडा अध्यक्ष शंकरभक्त भण्डारीको उपस्थिति थियो ।

यस्तै गल्याङ नगरपालिकालाई २ हजार ५ सय थान मास्क, १० थान पीपीई, १५ लिटर स्यानिटाइजर, १० वटा पल्स अक्सिमिटर उपलव्ध गराएको हो । गल्याङका मेयर भुपराज अधिकारी तथा स्वास्थ्य प्रमुख थानपति न्यौपानेलाई हस्तान्तरण गरिएको बताइएको छ ।

सामग्री प्राप्त गरेपछि दुबै नगरपालिकाका मेयरहरुले फाउन्डेशन र रोटरीलाई धन्यवाद दिएका थिए । उनीहरुले कोभिडबिरुद्धको अभियानलाई ठूलो सहयोग हुने धारणा व्यक्त गरेका थिए ।

दुबै नगरपालिकाले कोभिड नियन्त्रणका लागि अहिले पनि एन्टीजेन परीक्षण जारी राखेका छन् । परीक्षणका क्रममा दिनहुँ जसो संक्रमितहरु थपिइरहेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *