सल्यान र रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट विस्तार गर्न २ करोड ३० लाख

काठमाडौँ, २१ जेठ । नवनियुक्त उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेलले सल्यान र रोल्ष अस्प्तालमा अक्सिजन प्लान्ट तथा एचडीयू स्थापना गर्नका लागि २ करोड ३० लाख रुपैयाँ दिने स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सहमति जनाएका छन् ।

सपथग्रहण पछि पदवहाली गर्ने क्रममा मन्त्री पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडीयू जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमति दिने सम्बन्धी निर्णयलाई स्वीकृत गरेका हुन् ।

त्यसअघि स्वास्थ्यले अर्थलाई सल्यान अस्पतालमा अक्सिजन प्लान्ट र एचडीयू जडानका लागि १ करोड ५५ लाख रुपैयाँ र रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि ७५ लाख रुपैयाँ दिने विषयमा सममति मागेको थियो ।

पदवहालीको क्रममा नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री पौडेलले आमनागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपण्डल परिवर्तन गर्ने क्रममा अर्थ मन्त्री पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरेका छन् । स्वास्थ्य मन्त्रीको रुपमा शेरबहादुर तामाङ आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *