‘मौज्दात रहेका खोप यथाशक्य चाँडो नेपाललाई उपलव्ध गराउनुहोस्’ (भिडियो)

644
Shares

काठमाडौँ, २० जेठ । विश्व स्वास्थ्य संगठन डव्लुएचओका नेपाल प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले खोपको मौज्दात रहेका सम्पूर्ण देशहरुलाई यथाशक्य चाँडो नेपाललाई खोप उपलव्ध गराउन आग्रह गरेका छन् । बिहीबार भिडियो सन्देश जारी गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

डा पाण्डवले नेपालमा कोरोनाको दोस्रो लहर धेरै नै भयावहरुपमा देखिएको भन्दै छिटै खोप उपलव्ध भएन भने अहिलेको कठिन अवस्था निरन्तर रहने समेत बताए । उनले अहिलेसम्म करीव २१ लाख नागरिकले पहिलो डोज र करीब ७ लाख नागरिकले दोस्रो डोज लगाएको भन्दै अझै करीव १४ लाख नागरिक कोभिसिल्ड खोपको पर्खाईमा रहेको उल्लेख गरेका छन् ।

उनले डव्लुएचओको प्रमुख र दक्षिणपूर्वी एसियाका प्रमुखले नेपालको बारेमा गरेको अपिलमा आफ्नो तर्फबाट पनि अपिल थपेको बताए ।

हेर्नुहोस उनको भिडियो सन्देश

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *