चिकित्सक र स्वास्थ्यकर्मीलाई म्यासेन्जरबाट धम्काउने युवा पक्राउ

वीरगञ्ज, २० जेठ । वीरगञ्ज नगर क्षेत्रमा रहेका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई फेसबुक पेज तथा म्यासेन्जरबाट धम्काउने युवा पक्राउ परेका छन् ।

वीरगञ्ज महानगर १० घडिअर्वा बस्ने २४ बर्षीय सौरभ साह गत मंगलबार प्रक्राउ परेका हुन ।

उनले आफूलाई सञ्चारकर्मी तथा सामाजिक अभियन्ता भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आपत्तिजनक शब्दहरुको प्रयोग गरी अनर्गल आरोप लगाई व्यक्तिको चरित्रहत्या गर्ने धम्काउने लगायतको काम गरेको आरोप सहित उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई मुलुकी अपराध संहिता २०७४ अन्तरगर्त सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताबिरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको ती व्यक्तिलाई ५ दिन म्याद थपिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *