सिभिल अस्पतालमा २१ दिन उपचार पछि सामान्य प्रशासन मन्त्री ठगुन्ना डिस्चार्ज

काठमाडौँ, १८ जेठ । कोरोना संक्रमणका कारण २१ दिन देखि निजामती कर्मचारी अस्पताल (सिभिल) मा उपचार गराईरहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना डिस्चार्ज भएका छन् । उनी आज दिउसो अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

मन्त्री ठगुन्ना कोभिड -१९ को संक्रमणमा परी गत २९ बैशाखमा निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा भर्ना भएका थिए । यसक्रममा उनको स्वास्थ्य अवस्था जटिल समेत बनेको थियो । तर चिकित्सक तथा स्वास्थ्यकर्मीको कुशल प्रयासले आफ्नो स्वास्थ्य अवस्थामा सुधार आएको मन्त्री ठगुन्नाले बताए । उनले निजामती कर्मचारी अस्पतालको सेवा उत्कृष्ठ रहेको समेत दावी गरे ।

‘मैले आज भन्नै पर्छ, निजामती कर्मचारी अस्पतालको सेवा उत्कृष्ठ छ । त्यहाँ २१ दिन रहँदा चिकित्सक नर्स तथा अन्य स्वास्थ्यकर्मीले दिने सेवाको मैले नजिकबाट नियाल्ने मौका पाएँ । म मन्त्री भएर त्यसो भनेको होइन साच्चीकै राम्रो रहेछ । सेवा देखि म अत्यन्त खुशी र सन्तुष्ठ छु,’ मन्त्री ठगुन्नाले भने ।

उनले आफू जहिले पनि सरकारी सेवा रोज्ने व्यक्ति भएकोले यसपटक पनि सरकारमै गएर उपचार गरेको सुनाए । ‘कतिपय शुभचिन्तक साथीहरुले निजी अस्पतालमा राम्रो हुन्छ भन्दै जानका लागि सुझाव दिएका पनि थिए । तर मेरो विश्वास सरकारीमा पनि राम्रो हुन्छ भन्ने थियो । उहाँहरुको प्रस्ताव अस्विकार गरेँ र निजामती अस्पताल रोजें । राम्रो भयो,’ अन्तिममा उनले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *