तिब्बतबाट ५० हजार भाइल भेरोसेल आइपुग्यो

काठमाडौं, १८ जेठ । चिनियाँ राष्ट्रपति सी जीनपिङले गत घोषणा गरेको १० लाख डोज कोभिडबिरुद्धको खोपमध्ये ५० हजार डोज भेरोसेल काठमाडौं आइपुगेको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतबाट हिमालय एयरलायन्सले आज विहानै ५० हजार डोज खोप ल्याएको हो । सो एयरलायन्सले तिब्बतबाट नै आज बेलुका भोलि विहान र भोलि बेलुका गरी तीन उडानबाट ५० हजारका दरले थप डेढ लाख खोप ल्याउने योजना बनाएको छ ।

उता चीनको राजधानी वेइजिङबाट नेपाल एयरलायन्सको वाइडबडी विमानले आज दिउसो २ बजेसम्ममा ८ लाख डोज भेरोसेल लिएर आउँदैछ । यो संगै आज ९ लाख र भोलि थप १ लाख गरी अनुदानको सबै १० लाख डोज भेरोसेल खोप आउँदैछ ।

विहानको उडानबाट आएको ५० हजार डोज खोप टेकुस्थित आपूर्ति शाखाको गोदाममा राखिएको ओम उपाध्यायले जनाए ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनिया समकक्षी सीबीच भएको टेलिफोन बार्तापछि तत्काल थप १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो । यसअघि पनि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल अनुदानमा दिएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *