मेडिसिटीमा उपचाररत उज्वल थापाको स्वास्थ्य अवस्था अत्यन्त जटिल

1.5k
Shares

काठमाडौँ, १७ जेठ ।  नेपाल मेडिसिटी अस्पतालमा उपचाररत विवेकशील साझा पार्टीका नेता उज्वल थापाको स्वास्थ्य अवस्था अहिले पनि अत्यन्त जटिल रहेको छ ।

उनलाई चार दिन अघि ग्राण्डी अस्पतालबाट मेडिसिटी अस्पताल सारिएको थियो । उनको त्यहाँ भेन्टिलेटर र एक्मो प्रविधिमा राखेर उपचार गरिएको छ ।

अस्पतालले सोमबार ५ ४५ मा जारी गरेको रिपोर्टलाई उदृत गर्दै विवेकशील साझाका संयोजक मिलन पाण्डेले केही वेर अघि सार्वजनिक गरेको स्वास्थ्य विवरणमा थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको  तर भाइरसले शरीरमा यसअघि नै गम्भीर प्रकारको दीर्घकालिन क्षति गरिसकेकोले अवस्था अहिले पनि अत्यन्त गम्भीर रहेको उल्लेख छ ।

पाण्डेले थापाको अवस्था अत्यन्त जटिल रहेपनि चिकित्सकहरु हरसंभव उनको स्वास्थ्यमा सुधार ल्याउने प्रयासमा रहेको उल्लेख गरेका छन् ।

उपचारका लागि ठूलो खर्च लाग्ने भन्दै परिवारले यसअघि सहयोगको आव्हान गरेको थियो । उनका शुभचिन्तक र आफन्तहरुले तत्कालै ठूलो सहयोग रकम जुटाइदिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *