बजेट आकार : कुल बजेटको ७.४५ प्रतिशत स्वास्थ्यमा

काठमडौं, १५ जेठ । कोरोना कहरका बीचमा आएको आर्थिक बर्ष २०७८/०७९ बजेटमा स्वास्थ्य मुख्य प्राथमिकतामा परेको छ । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको १६ खर्व ४७ अर्व ५७ करोडको बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि कुल १ खर्व २२ अर्व ७७ करोड विनियोजन गरेका छन् । यो रकम कुल बजेटको ७.४५ प्रतिशत हो ।

विज्ञहरुले हाम्रो जस्तो देशमा कुल बजेटको कम्तीमा १० प्रतिशत स्वास्थ्यमा छुट्याउनुपर्ने बताउँदै आएका आएका थिए । तर १० प्रतिशत नपुगे पनि यो बजेट बजेट आकारको हालसम्मकै बढी हो ।

कोरोनाबिरुद्धको खोप खरीद, त्यसको परीक्षण र उपचारका लागि बजेट केन्द्रीत छ । त्यसबाहेक स्वास्थ्य संस्थाको स्थापना स्तरोन्नती, उपकरण खरीद, अन्य रोगका उपचार, जोखिम भत्ता लगायतका विषयमा पनि बजेट खुलेर आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *