नेता थापाको परिवारले दुर्गा प्रसाईंको सहयोग नलिने, भन्यो – ‘सद्भावको लागि धन्यवाद’

काठमाडौँ, १५ जेठ ।  मेडिसिटी अस्पतालमा उपचारत विवेकशील साझा पार्टीका नेता उज्वल थापाको परिवारले वी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको सहयोग आवश्यक नपर्ने जनाएको छ ।

प्रसाईँले आइतबार विहान विज्ञप्ती जारी गर्दै थापाको उपचारमा लागेको सम्पूर्ण खर्च आफूले व्यहोर्ने बताएका थिए । त्यसको केही घण्टा पछि थापाको परिवारको तर्फबाट भन्दै प्रसाईंको सहयोगको आवश्यक नभएको बताएको हो ।

परिवारले सहयोग गर्ने सद्धभावका लागि प्रसाईलाई धन्यवाद दिएको छ ।

थापाको उपचारका लागि सुभेच्छुक तथा साथीहरुबाट गोफण्डमीमा खोलिएको खातामा २२ हजार २९१ डलर र नेपालको बैंकखातामा २६ लाख ५० हजार रुपैयाँ जम्मा भइसकेको जनाएको छ ।

दुई साता अघि कोरोना संक्रमणमा परेका थापाको अहिले नेपाल मेडिसिटी अस्पतालमा एक्मो प्रविधिबाट उपचार भइरहेको छ । उनको अवस्था अहिले पनि गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *