भेरी अस्पताल घटनाप्रति राष्ट्रपतिद्धारा दुख व्यक्त

काठमाडौं, १४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले गएरातीको भेरी अस्पताल घटना प्रति दुख व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत दुख व्यक्त गरेकी हुन् ।

उनले ट्वीटमा भनेकी छन्, ‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड १९ का बिरामीको उपचारमा सम्लग्न भेरी अस्पतालका चिकित्सक तथा नर्स प्रति दुरव्र्यहार हुनु खेदजनक छ । दुख परेका बेला भावनात्मक उत्तेजना हुनसक्छ । यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।’

कोभिड संक्रमणमा परी उपचाररत एक जना बिरामीको मृत्युपछि तिनका आफन्तले बिहीबार बेलुका अस्पतालको आइसीयूमा ड्युटिमा रहेका चिकित्सक तथा नर्समाथि आक्रमण गरेका थिए ।

चिकित्सक तथा नर्सहरुले मुस्किलले ज्यान जोगाएको बताएका छन् ।

भेरी अस्पतालको घटनाको विषयमा आज विभिन्न संघसंस्थाहरुले खेद व्यक्त गरेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *