कोभिड महामारीमा पाटन रोटरी र हार्ट फाउण्डेशनद्धारा सहयोग प्रदान

काठमाडौँ, १३ जेठ । रोटरी क्लव अफ पाटन र नेपाल हृदयरोग निवारण प्रतिष्ठान (हार्ट फाउण्डेशन) ले कोरोना महामारीविरुद्ध खटिएका ‘फ्रन्टलाइनर’लाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

यी दुई संस्थाले सामाजिक उत्तरदायित्वको मनन गर्दै अस्पताल, स्वास्थ्यकर्मी र कोरोना संक्रमितका लागि आवश्यक सामान तथा खाद्यन्न सहयोग गरेको हो ।

प्रतिष्ठानका डा. प्रकाशराज रेग्मीका अनुसार यी दुई संस्थाले शुक्रराज ट्रपिकल तथा ररुवा रोग अस्पताल, वीर अस्पताल मुटु विभाग, सिभिल अस्पताल, ख्वप अस्पताल, ललितपुर हार्ट क्लिनिक लगायत अन्य आठ वटा स्वास्थ्य संस्थालाई रु २० लाख बराबरको पिपिइ र मास्क लगायतका स्वास्थ्य सुरक्षा सामग्रीहरु हस्तान्तरण गरेको छ ।

यस्तै धन्यवाद स्वरुप ४०० स्वास्थ्यकर्मीलाई ड्राईफूड प्याकेट र सिभिल अस्पतालमा उपचारत ५० जना कोभिड–१९ पीडित गरिब बिरामीहरुका लागि ४५ दिनसम्म निःशुल्क खानाको व्यवस्था गरेको छ ।

डा रेग्मीले कोरोना महामारीको दोस्रो लहरमा परी दैनिक हजारौँ नेपालीहरु संक्रमित भइरहेको र सयौँले ज्यान गुमाईरहेको परिस्थितिमा सवस्थ्य संस्थामा सेवारत स्वास्थ्यकर्मीहरु र सहायकहरुको योगदानलाई उच्च प्रशंसा गर्दै सहयोग गरेको बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *