सिभिल अस्पतालमा उपचाररत विपन्न बर्गका कोभिड संक्रमितलाई खाना खुवाउँदै पाटन रोटरी क्लब

काठमाडौँ, १२ जेठ । रोटरी क्लव अफ पाटनले निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा कोभिड- १९ को उपचार गराईरहेका विपन्न बर्गका बिरामीको खाना व्यवस्थाका लागि आर्थिक सहयोग गरेको छ ।

रोटरीले कोभिड -१९ को उपचार गराईरहेका ५० जना बिपन्न वर्गका बिरामीलाई ४५ दिनसम्म निशुल्क खाना खुवाउनका लागि ४ लाख ५० हजार रुपैयाँ अस्पताललाई सहयोग गरेको हो ।

मंगलबार अस्पतालमा आयोजित सम्छिप्त कार्यक्रममा पाटन रोटरी क्लवको तर्फबाट डा प्रकाशराज रेग्मीले निजामति कर्मचारी अस्पतालका निर्देशक डा विधाननिधी पौडेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

उनले महामारीका बेला सबैले आफूहरुले विपन्नका लागि सानो सहयोग गरेको बताए । कोरोना महामारीको समयमा सबैले जे जस्तो सकिन्छ, त्यो गर्नुपर्छ भन्दै डा रेग्मीले कोभिडको उपचारमा क्रियाशिल अन्य केही अस्पतालहरुमा अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीहरु र सहायकहरुलाई स्वास्थ्य सुरक्षा सामग्रीका लागि समेत सहयोग गर्ने तयारी रहेको बताए ।

अस्पतालका निर्देशक पौडेलले सहयोग गरेकोमा रोटरीलाई धन्यावाद दिदैं सहयोग रकमको प्रभावकारी रुपमा सदुपयोग गर्ने बताए ।

रोटरी क्लव अफ पाटनले महामारीबिरुद्धको अभियानमा विभिन्न अस्पतालमा अग्रपंक्तिमा खटिएका सवस्थ्यकर्मी र सहायकका लागि समेत गरी २० लाख रुपैयाँ बराबरको सहयोग गर्ने योजना बनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *