कोभिड-१९ उपचारमा दन्त चिकित्सक पनि खटिन थाले

काठमाडौँ, ११ जेठ । कोभिड -१९ उपचारमा दन्त चिकित्सक हरु पनि खटिन थालेका छन् । कोभिड -१९ को दोस्रो लहरमा संक्रमण तिब्र हुँदै गएपछि दन्त चिकित्सकहरु पनि खटिन थालेका हुन् ।

त्यसअघि स्वास्थ्य सेवा विभाग उपचारात्मक महशाखाले दन्त चिकित्सकहरुलाई कोभिड १९ र अनुहारमा लागेको चोटपटकको ब्यवस्थापन सम्बन्धी तीन दिने तालिम दिएको थियो । तालिम पछि कोभिड रोगको उपचार तथा व्यवस्थापनमा खटिन आफूहरुलाई सहज भएको दन्त चिकित्सकरुले बताएका छन् ।

सरकारले लकडाउन शुरु गरे लगत्तै अवस्थाको आकलन गर्दै महशाखा अन्तरगर्तको आँखा नाक कान घाँटी र मुख स्वास्थ्य शाखाले यो तालिमको आयोजना गरेको थियो । जनस्वास्थ्यका मापदण्ड सहित सञ्चालित उक्त तालिममा सातवटै प्रदेशबाट २९ जना डेन्टल सर्जनको सहभागिता रहेको थियो ।

तालिममा भोजपुर, धनकुटा, केन्द्रिय कारागार, हेटौडा, भरतपुर, मध्यबिन्दु, स्याङजा, रसुवा, दमौली, चरिकोट अस्पतालमा कार्यरत डेन्टल सर्जनहरुको सहभागिता थियो । यस्तै लुम्बिनी, दोलखा, नवलपुर, पोखरा, धनगढी, तौलिहवा, बकुलर चितवन, चौतारा तथा सेती अस्पताल लगायतबाट पनि दन्त चिकित्सकहरुको सहभागिता रहेको शाखा प्रमुख डा प्रकाश बुढाथोकीले बताए ।

सो तालिम पछि दन्त चिकित्सकलाई कोभिड केश व्यवथापन गर्न सहज भएको प्रतिक्रिया आएको उनले बताए ।

स्वास्थ्य संरचनाको तल्लो तहसम्म आम नागरिकमा दाँत तथा मुखरोगको रोकथाम तथा सरसफाईसम्बन्धी जागरुकता सिर्जना गरी रोग, जटिलता र धनजनको क्षती न्युनीकरण गर्न हरेक स्थानीय तहमा अभिमुखीकरण बिगत २ बर्षदेखी हुँदै आएको भएपनि यस किसिमको तालिम भने पहिलो हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *