काठमाडौँ उपत्यकामा सोमबार थपिए २७८५ जना कोरोना संक्रमित


काठमाडौँ, १० जेठ । सोमबार काठमाडौँ उपत्यकामा थप २ हजार ७८५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार ८०६, भक्तपुरमा २९८ र ललितपुरमा ६८१ जना गरी थप २ हजार ७ सय ८५ जना थपिएका हुन्।

त्यसैगरी आज देशभर थप ७ हजार ४२५ जनामा कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा कोरोना संक्रमणबाट मुक्त हुनेको संंख्या भने ७ हजार १३५ रहेको छ । त्यसैगरी आज थप १८५ जना संक्रमितले ज्यान गुमाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *