टेलिकमको ‘थ्याङ्क्यु हेल्थकेयर वर्कर’ सेवा शुरु

काठमाडौँ, १० जेठ । नेपाल टेलिकमले ‘थ्याङ्क्यु हेल्थकेयर वर्कर’ अनलिमिडेट भ्वाइस प्याक सेवा शुरु गरेको छ । कोरोनाबिरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई सम्मान स्वरुप भन्दै टेलिकमले आफ्नो सिम प्रयोग गर्ने स्वास्थ्यकर्मीलाई एक महिनासम्म निशुल्क अनलिमिडेट भ्वाइस प्याक सेवा शुरु गरेको हो ।

‘फामर भरेका थियौं  एक महिनासम्मका लागि भनेर अनलिमिडेट भ्वाइस प्याक आयो,’ धुलिखेल अस्पतालमा कार्यरत डा सृष्टि गौतमले भनिन् । ‘फारम भर्ने सबै डाक्टरको मोवाइलमा अनलिमिडेट प्याक आएछ । यसमा हामी खुशी छौं,’ उनले अगाडी थपिन् ।

आइतबार मात्रै टेलिकम र नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, फार्मेसी काउन्सिल, आयुर्वेद काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद् लगायतका स्वास्थ्यकर्मीहरुको नियमक निकायबीच निशुल्क अनलिमिडेट भ्वाइस प्याक सम्वन्धी सम्झौँता भएको थियो ।

सोही अनुसार चिकित्सक, नर्स, प्याराममेडिक्स, स्वास्थ्य प्राविधिकलाई निशुल्क अनलिमिटेड भ्वाइस प्याक सुविधा दिइएको हो ।

सुविधा लिनका लागि स्वास्थ्यकर्मीका नियमक निकायले आफूकहाँ दर्ता भएका स्वास्थ्यकर्मीलाई फारम भर्नँ लगाएका छन् । सो फारम भरेपछि टेलिकमले आफ्नो सीम प्रयोगकर्ता स्वास्थ्यकर्मीलाई निशुल्क प्याक उपलव्ध गराउँछ । टेलिकमको सीम नभएका स्वास्थ्यकर्मीहरुले नयाँ सिम लिएर पनि यो सेवा लिन सक्नेछन् ।

यसैबीच नेपाल मेडिकल काउन्सिलमा १० हजार ९३ जना चिकित्सकले निशुल्क अनलिमिडेट भ्वाइस प्याक सेवा लिनका लागि फारम भरेका थिए । तर ३९ जनाले भने सुविधा पाउन सकेनन् । उनीहरुको मोवाइल नम्बर नमिलेका कारण सेवा प्राप्त गर्न नसकेका हुन् ।

‘कसैले ९ अंक कसैले ११ अंक भरेछन् । त्यो नम्बर एक्सेप्ट भएन र सुविधाबाट बन्चित भए,’ काउन्सिलका रजिष्टार डा कृष्णप्रसाद अधिकारीले भने । उनले ८ हजार १७० जना प्रिपेड नम्बर र १ हजार ८७९ जनाको पोष्टपेड नम्बरमा निशुल्क अनलिमिटेड सेवा उपलव्ध भएको जनाए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *