अर्थोपेडिक सर्जन डा. मुराद हुसेनको कोरोना संक्रमणबाट निधन

काठमाडौँ, ९ जेठ । अर्थोपेडिक सर्जन डा मुराद हुसेनको कोरोना संक्रमणबाट निधन भएको छ । नेपाल मेडिसिटी अस्पतालमा उपचाररत ३४ बर्षीय डा हुसेनको आइतबार विहान ६ बजे निधन भएको हो ।

वीरगञ्जका स्थायी बासिन्दा हुसेन बंगलादेशबाटबाट तीन महिना अघि मात्रै अर्थोपेडिकमा एमएस गरेका थिए । पछिल्लो समय उनले वीरगञ्जमा प्राक्टिस गर्दै आएका थिए ।

डा सम्राट पराजुलीका अनुसार कोभिड १९ को संक्रमण भएपछि मुरादलाई १० दिनसम्म वीरगञ्जस्थित वीरगञ्ज हेल्थकेयरमा भर्ना गरी उपचार गरिएको थियो । त्यहाँ सुधार नभएपछि ८ दिन अघि एयर लिफ्ट गरी मेडिसिटी ल्याइएको थियो ।

यसैबीच नेपाल चिकित्सक संघले आइतबार विज्ञप्ती प्रकाशित गर्दै डा हुसेनको निधन प्रति श्रद्धान्जली व्यक्त गरेको छ । उसले इमान्दार एवं लगनशील हाडजोर्नी रोग विशोषज्ञ चिकित्सकलाई गुमाउन पुगेको भन्दै संघले दुख समेत व्यक्त गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *