प्रेमसागरद्धारा १६६ औँ पटक रक्तदान
काठमाडौँ, ८ जेठ । नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले १६६ औँ पटक रक्तदान गरेका छन् । हरेक तीन तीन महिनाको अन्तरमा रक्तदान गर्ने उनी नेपालमै सबैभन्दा बढी पटक रक्तदान गर्ने व्यक्ति हुन् ।
शनिबार नेपाल स्वयंसेवी रक्तदाता समाज २४ वडा नगर समिति, काठमाडौंद्वारा मखँ त्वामा आयोजित कार्यक्रमको उदघाटन गर्ने क्रममा कर्माचार्यले आफ्नो १६६ औँ पटकको रक्तदान गरेका थिए ।
त्यसअघि उनलाई २४ नं वडाका अध्यक्ष बालकृष्ण श्रेष्ठले खादा र अभिनन्दन पत्रद्धारा सम्मान गरेका थिए । स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २४ वडा समितिका अध्यक्ष सुरेश सिलाकारको सभापतित्वमा भएको कार्यक्रममा संयोजनकारी भूमिका निर्वाह गरेका स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २० वडा नगर समितिका अध्यक्ष राम रञ्जितलाई पनि खादा ओडाई सम्मान गरिएको थियो ।
बिशेष रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ४१ जनाले रक्तदान गरेका थिए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




