कोरोना संक्रमितलाई लक्षित गरी गगन थापाले ल्याए निशुल्क यातायात सेवा

गगन थापा

काठमाडौँ, ५ जेठ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं – ४, ले कोरोना संक्रमितलाई अस्पताल आउ जाउमा सजिलो बनाउन निःशुल्क यातायात सेवा सञ्चालन गरेको छ।

सांसद गगन थापाको संक्रियतामा  होम आइसोलेसनमा रहेका संक्रमितलाई अस्पताल आउजाउ गर्नका लागि निःशुल्क यातायात सेवा सञ्चालन  सुरु गरिएको हो ।

यो सेवा काठमाडौं क्षेत्र नम्बर ४ का बासिन्दालाई लक्षित गरेर सुरू गरिएको हो।

बुधबार विहान सांसद थापाले सामाजिक सञ्जालमार्फत निशुल्क यातायात सेवाबारे जानकारी गराएका हुन् ।

उनले यो सेवा पछि घरमै आइसोलेसनमा रहेका संक्रमितलाई अस्पताल जानआउन, परीक्षण गर्न वा आइसोलेसन सेन्टर जान सहज हुने विश्वा लिएका छन् ।

सहज रुपमा यातायात सेवा उपयोगका लागि विभिन्न सम्पर्क नम्बरको समेत व्यवस्था गरिएको छ।

थापाले काठमाडौं महानगरतर्फ ९८५१०९६३०३, बुढानिलकण्ठ नगर पालिकातर्फ ९८५१०६५२५६ र ९८५१०७२१२९   मोबाइल नम्बरमा सम्पर्क गरी सेवा लिन सकिने बताए ।

उलने हटलाइन नम्बर ९८६०३४०५८७  मा एसएमएस पनि गर्न सकिने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *