नेपालमा मंगलबार थपिए ८२०३ जना कोरोना संक्रमित, १९६ जनाको मृत्यु

काठमाडौँ, ४ जेठ । पछिल्लो चौविस घण्टामा देशभर थप ८ हजार २०३ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा १९६ जनाले ज्यान गुमाएका छन् । यस्तै ६ हजार ८९१ जना भने कोभिड १९ मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  मंगलबार (आज) जारी गरेको कोरोना अपडेटका अनुसार देशभर २० हजार २६८ जनाको पीसीआर र ६९३ जनाको एन्टीजेन गरी कुल २० हजार ९७९ जनाको परीक्षण गर्दा क्रमश ८ हजार १३६ जना पीसीआर पोजेटिभ र ६७ जना एन्टीजेन पोजेटिभ गरी कुल ८ हजार २०३ जना (३९.१० प्रतिशत संक्रमित भएका हुन् । आजको मृत्युसंख्यामा नेपाली सेनाद्धारा विभिन्न मितिमा गरिएका शव व्यवस्थापनको समेत संख्या जोडिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

यो संगै देशमा सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ । कुल मृत्युको संख्या ५ हजार ४११ जना र निको भएकाको संख्या ३ लाख ५२ हजार ४१४ जना रहेको छ ।

काठमाडौँ उपत्यकामा भने आजको कुल संक्रमितको संख्या २ हजार ६३५ जना रहेको छ । काठमाडौँमा २ हजार ४९ जना, ललितपुरमा ३६५ जना र भक्तपुरमा २२१ जना गरी कुल २ हजार ६३५ जना संक्रमित थपिएका हुन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *