होम आइसोलेसनमा बस्नेलाई चिकित्सकीय परामर्श दिन १०० बढी डाक्टर अघि सरे

काठमाडौँ, ४ जेठ । कोरोना संक्रमणमा परी होम आइसोलेसनमा बसेका व्यक्तिलाई चिकित्सकीय परामर्श दिन एक सय भन्दा बढी डाक्टर तथा स्वास्थ्यकर्मीले इच्छा देखाएका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १०२ जना डाक्टर तथा स्वास्थ्यकर्मीको नाम र नम्बर सार्वजनिक गर्दै होम आइसोलेसनमा बस्दा परामर्श चाहिएमा सिधै सम्पर्क गर्न संक्रमित र तिनका आफन्तलाई आग्रह गरेको छ ।

नेपालमा पछिल्लो समय संक्रमितको संख्या बढदै जाँदा ठूलो संख्या होम आइसोलेसनमा बसेका छन् । मन्त्रालयको तथ्यांक अनुसार सोमबारसम्म १ लाख ६ हजार बढी व्यक्ति होम आइसोलेसनमा बसेका छन् ।

हेर्नुहोस चिकित्सकको नाम र नम्बर

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *