आजदेखि बनेपा नगरपालिका पूर्णरुपमा ‘सिल’

काभ्रे, ४ जेठ । कोरोना संक्रमण तिब्र गतिमा बढेपछि आजबाट बनेपा नगरपालिका पूर्ण रुपमा सिल हुने भएको छ। नगरपालिका आज राती १२ बजेदेखि १२ जेठ राती १२ बजेसम्म सिल हुने भएको हो ।

कोभिड(१९ को दोस्रो लहर सुरु भएसँगै संक्रमणको शृङ्खला तोड्न उक्त निर्णय लिइएको नगरपालिकाले जनाएको छ। सिल गरिएको अवधिभर औषधि पसल र अस्पतालबाहेक खाद्यान्न पसल, तरकारी पसल, दुग्धजन्य पदार्थ पसल फलफुल पसललगायत बैंक तथा वित्तीय संस्थाहरूबाट प्रदान हुने सेवाहरू समेत पूर्ण रुपमा बन्द गरिनेछ।

यस्तै व्यवस्थापन, टेलिफोन, इन्टरनेट तथा विद्युतको सेवा दिने संस्थाहरूले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड पालना गरी सेवा प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ।

साथै अत्यावश्यक काम विषेशले कुनै पनि व्यक्तिले स्थानीय प्रशासन वा जनप्रतिनिधिहरूलाई जानकारी गराएर बाहेक कोही पनि घरबाट निस्कन नपाउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

हेर्नुहोस् विज्ञप्ति

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *