ओमानबाट आयो ५६० वटा अक्सिजन सिलिन्डर

मस्कट विमानस्थलमा नेपाली दुतावासका अधिकारीहरु

काठमाडौँ, १ जेठ । कोरोना संक्रमितको लागि अस्पतालहरुमा अक्सिजन अभाव भइरहेका बेला शनिबार ओमानबाट ५६० थान अक्सिजन सिलिन्डर काठमाडौँ आइपुगेको छ ।

गैरआवासीय नेपाली संघ ओमानको सहयोग र नेपाली दुतावासको सहकार्यमा संकलित ५६० वटा सिलिन्डर नेपाल एयरलायन्सको वाइडबडी विमानमार्फत काठमाडौँ आइपुगेको हो ।

अक्सिजन सिलिन्डर लिन वाइडबडी विमान विहान साढे ७ बजे ओमानको राजधानी मस्कट प्रस्थान गरेको थियो ।

नेपाल बायुसेवा निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले ओमानबाट अक्सिजन सिलिन्डर आइपुगेको बताए । उनले ओमानबाट एक जना नेपालीको उद्धार समेत गर्नु पर्ने भएकोले निर्धारित तालिका भन्दा केही ढिला विमान उडेको जानकारी दिए ।

त्रिभुवन विमानस्थलमा आइपुगेको अक्सिजन सिलिन्डर

महाप्रवन्धक पौडेलले सो विमान अवको केही समयमा अक्सिजन कन्सट्रेटर र अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्री लिन चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *