काठमाडौँ उपत्यकामा थपिए २९३७ जना कोरोना संक्रमित


काठमाडौँ, १ जेठ। शनिबार काठमाडौँ उपत्यकामा थप २ हजार ९ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २ हजार १४६, भक्तपुरमा ३४७ र ललितपुरमा ४४४ जना गरी थप २ हजार ९ सय ३७ जना थपिएका हुन् । हिजोको तुलनामा उपत्यकामा आज ४१२ ले संक्रमण कम देखिएको छ ।

त्यसैगरी आज देशभर थप ८ हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ५ हजार ४५५ जना निको भई घर फिर्किएका छन् । त्यसैगरी आज थप १८७ जना संक्रमितको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *