आज बेलुकासम्म ओमानबाट ५६० थान अक्सिजन सिलिन्डर आँउदै

मस्कट विमानस्थलमा तयारी अवस्थामा राखिएको अक्सिजन सिलिन्डर ! तस्बिर : एनआरएनए ओमान

काठमाडौँ, १ जेठ । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने ५६० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ ।

विहान साढे ७ बजे ओमानको राजधानी मस्कटका लागि उडेको उक्त विमान शनिबार (आज) साँझ ६ : ४० बजे सिलिन्डर बोकेर काठमाडौं आइपुग्नेछ ।

कोरोनाको दोस्रो लहर बढेसंगै नेपालका अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि गैरआवसिय नेपाली संघ र मस्कटस्थित नेपाली दूतावासको सहयोगमा लिन्डिर जुटाइएको थियो । अल हप्सी ट्रेडिङ कम्पनीसँग ६३ हजार ७ सय डलरमा ती अक्सिजन सिलिन्डर खरिद गरिएको थियो ।

ती सिलिन्डरलाई अहिले मस्कट विमानस्थल राखिएको छ । सिलिन्डर ल्याउन गरिएको चार्टर बिमानको खर्च भने सरकारले व्योहोर्ने भएको छ ।

मस्कटबाट फर्किएपछि सो बिमानले आज राती ११ बजे चीनको बेईजिङमाको लागि उडान भर्ने छ । बेइजिङमा करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिनको लागि विमान पठाउन लागिएको नेपाल बायुसेवा निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *