जाजरकोट जिल्ला अस्पताललाई कोभिड अस्पताल बनाइयाे

 

जाजरकोट, ३१ बैशाख । जिल्ला अस्पताललाई कोरोना अस्पतालका रूपमा रुपान्तरण गरिएको छ। लक्षणसहितका सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला अस्पतालका सबै शय्यामा कोरोना सङ्क्रमितको उपचार गरिन लागेको हो । यसअघि केही शय्यामा मात्रै सङ्क्रमितको उपचार भइरहेको थियो ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अरू शय्या थपिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक टीकाराम जैशीले बताए। नियमित तथा अरू रोगका बिरामीको उपचार कोरोना सङ्क्रमित भएका बिरामीलाई राखिएको ठाउँबाट झण्डै १०० मिटर नजिकको स्थानबाट हुँदै आएको छ।

जैशीका अनुसार त्यसका लागि स्वास्थ्य सेवा कार्यालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको कार्यविभाजन गरेको छ। अरू नियमित बिरामीको पनि उपचार गर्ने गरी वैकल्पिक व्यवस्था मिलाइएको हो।

अहिले जिल्ला अस्पतालमा १०३ आइसोलेशन शय्या रहेका छन्। आइसीयूकक्ष तीन, भेन्टिलेटर एक, अक्सिजन सिलिण्डर ५४, एचडीयू शयुया एक, अक्सिजनसहितको शय्या ३३ र साधारण आइसोलेशन ३३ रहेको छ। थप अक्सिजन सिलिण्डर खरिदका लागि बुधबार बोलपत्र आह्वान गरिएको छ।

त्यस्तै छेडागाड नगरपालिकाले १५ शश्याको कोभिड आइसोलेशन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिए। प्रत्येक पालिकालाई १५ शश्याको आइसोलेशन बनाउन निर्देशन गरिएबमोजिम काम भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिए।

जेठ ७ सम्मलाई लम्बियो निषेधाज्ञा

कोरोनाबाट जोगिन र जोगाउनका लागि डोल्पामा जेठ ७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ। सीमानाकामा समेत कडाइका साथ निगरानी बढाएको छ। बैंकले एक चौथाइ कर्मचारीबाट सेवा प्रदान गर्नुपर्ने र अतिआवश्यकीय सेवा दिने कार्यालयबाहेक अन्य कार्यालय बन्द गर्ने निर्णय गरिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी०ले जनाएको छ।

पहिलो चरणमा वैशाख २१ देखि ३१ गतेसम्म गरिएको निषेधाज्ञा गरिएको थियो। बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको निर्णयसहित, सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम निषेधाज्ञा जेठ ७ सम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिए। वैशाख २० गतेको निर्णयले दुनै, त्रिपुराकोट, जुफाललगायतका बजार बिहान ९ बजेबाट दिउँसो १२ बजेसम्म मात्र खोल्न पाइने छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *