दर्ता बिनाका स्यानिटाइजर बिक्री गर्न पाइदैन् : औषधि व्यवस्था विभाग

काठमाडौँ, ३० बैशाख । कोरोना संक्रमणको दोस्रो लहर बढेसंगै ह्याण्ड स्यानिटाइजरको माग बढेको छ । माग बढ्दै गर्दा बजारमा दर्ता विनाका कतिपय कम्पनीले उत्पादन गरेका गुणस्तरहीन स्यानिटाइजर भेटिएको थियो । अब भने दर्ता विनाका र गुणस्तरहीन स्यानिटाइजर बजारमा पठाउन पाइने छैन् ।

औषधि व्यवस्था विभागले पैठारी गरिएका स्यानिटाइजर र स्थानीय तहमा उत्पादन गरिएका स्यानिटाइजरको दर्ता र गुणस्तर नहेरीकन बजार पठाउन पूर्ण रुपमा रोक लगाएको छ ।

औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बराललले विभागको यो कार्यले बजारमा गुणस्तरयुक्त स्यानिटाइजरले प्रवेश पाउने बताए । उनले आफूहरुले लामो समय देखि उठाउँदै आएको मागहरुमध्ये एउटा पुरा भएको भन्दै खुशी व्यक्त गरे ।

विभागले बुधबार सूचना जारी गर्दै ह्याण्ड स्यानीटाइजरको विषयमा यस्ता मापदण्ड रहेको उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *