पछिल्लो २४ घण्टामा थप ८३३ जना बालबालिकामा कोरोना संक्रमण


काठमाडौँ, ३० बैशाख । नेपालमा पछिल्लो चौबिस घण्टामा थप ८ सय ३३ बालबालिकामा कोरोना भाइरस (कोभिड – १९)संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको विवरण अनुसार ० देखि ९ वर्ष उमेर समूहका २०८ जना र १० देखि १९ वर्ष उमेर समूहका ८ सय ३३ जना बालबालिका रहेका छन् ।

आज सबैभन्दा बढी भने ३० देखि ३९ वर्ष उमेरका २ हजार ६१ जनामा संक्रमण पुष्टी भएको छ । त्यस्तै २० देखि २९ वर्षका १ हजार ४९, ४० देखि ४९ वर्षका १ हजार ६ सय जना , ५० देखि ५९ वर्षका १ हजार २०७, ६० देखि ६९ वर्षका ७०३ जना , ७० देखि ७९ वर्षका ३१९, ८० देखि ८९ वर्षका ९७ जना , ९० देखि १०० वर्षका १९ जना र अज्ञात ५४ जनामा संक्रमण पुष्टी भएको छ ।

त्यसैगरी आज देशभर थप ८ हजार ९६० जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ५ हजार ५५ जना भने निको भई घर फिर्किएका छन् । थप २१४ जना संक्रमितको मृत्यु भएको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ३८१ र भेन्टीलेटरमा ३८० जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *