नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो

284
Shares


काठमाडौँ, २९ बैशाख । नेपालमा कोरोना भाइरस (कोभिड- १९) को सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ। त्यसैगरी आज देशभर ९ हजार ३०५ जना कोरोना संक्रमित थपिएका छन् । आजको थप संक्रमित संख्यासँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख नाघेको हो ।

आज थप ४ हजार ४४४ जना भने निको भई घर फिर्किएका छन् ।अहिले निको हुने दर ७४.९ प्रतिशत रहेको छ । त्यसैगरी थप १६८ जना संक्रमितको निधन भएको छ । हिजो सबैभन्दा बढी २२५ जनाको निधन भएको थियो ।

क्वारेनटीनमा ५१७ जना छन् । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार २४१ र भेन्टीलेटरमा २८५ जना उपचाररत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *