काठमाडौँ उपत्यकामा थपिए ३९२४ जना कोरोना संक्रमित


काठमाडौँ, २९ बैशाख । बुधबार काठमाडौँ उपत्यकामा थप ३ हजार ९ सय २४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३ हजार २५०, भक्तपुरमा २२६ र ललितपुरमा ४४८ जना गरी थप ३ हजार ९ सय २४ जना थपिएका हुन् ।

त्यसैगरी आज देशभर थप ९ हजार ३०५ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ४ हजार ४४४ जना भने निको भई घर फिर्किएका छन् । भने थप १६८ जना संक्रमितको निधन भएको छ । हिजो सबैभन्दा बढी २२५ जनाको निधन भएको थियो ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *