काठमाडौँ उपत्यकामा कोरोना आज : ६८ जनाको मृत्यु, ३९२७ जना संक्रमित

412
Shares

काठमाडौँ, २८ बैशाख । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण दर पछिल्लो एक साता यता खासै अन्तर देखिएको छैन् तर मृत्यु दर भने ह्वात्तै बढेको छ । पछिल्लो चौविस घण्टामा उपत्यकाका तीन जिल्लामा ६८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यहि अवधीमा ३ हजार ९२७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा आज २ हजार ७८८ जना नयाँ संक्रमित थपिएका छन् । भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जनामा संक्रमण सहित कुल ३ हजार ९२७ जनामा संक्रमण देखिएको हो । यो संख्या देशभर आज देखिएको कुल संक्रमणको ४१.४१ प्रतिशत हो । आज देशभर ९ हजार ४८३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै मन्त्रालयले जारी गरेको विवरण अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँमा थप ५० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यहि अवधीमा कोभिड -१९ को संक्रमणबाट भक्तपुरमा १२ जना र ललितपुरका ६ जनाको ज्यान गएको छ । यो आज देशभर भएको कुल मृत्युको ३०.२२ प्रतिशत हो ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा संक्रमणदर ह्वात्तै बढेको छ । अस्पतालहरुमा अक्सिजन अभाव भइरहेको छ । संक्रमितहरुले समयमै भर्ना पाएका छैनन् । भर्ना नपाउँदा कतिपय संक्रमित बिरामीको उपचारकै अभावमा ज्यान गएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *