कोरोनामुक्त भए झलनाथ खनाल, नर्भिकबाट आज डिस्चार्ज हुँदै

काठमाडौँ, २८ बैशाख । नर्भिक अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल कोरोनामुक्त भएका छन् । उनी आजै अस्पतालबाट डिस्चार्ज हुदैछन् ।

कोरोना संक्रमणपछि उनी गत १८ बैशाखमा नर्भिक अस्पतालमा भर्ना भएका थिए । त्यहाँ उनलाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो ।

नर्भिक अस्पतालमा भर्ना भएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो ।

अस्पतालले २ दिनअघि स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । चिकित्सकहरुको सल्लाहअनुसार उनी आज डिस्चार्ज हुन लागेको स्पष्ट पारेको छ ।

नेता खनालको उपचारमा नर्भिक अस्पतालका चिकित्सकहरु डा. जेपी जैसवाल र डा. बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको टिम संलग्न थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *