एसईई र कक्षा १२ को परीक्षा स्थगित
काठमाडौँ, २७ बैशाख । आगामी जेठको दोस्रो र अन्तिम साताका लागि तय गरिएको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज विहान बसेको भर्च्युअल बैठकले कोरोना महामारीको कारण देखाउँदै दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका थियो । अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका प्रेस सल्लाहकार ईश्वरराज ढकालले स्थगित परीक्षा कुन मोडालिटीबाट सञ्चालन गर्ने भन्नेबारेमा १५ दिन पछि बोर्ड बैठक बस्ने र त्यसमा आउने सुझावको आधारमा तय हुने जानकारी दिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



