एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ, २७ बैशाख । आगामी जेठको दोस्रो र अन्तिम साताका लागि तय गरिएको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज विहान बसेको भर्च्युअल बैठकले कोरोना महामारीको कारण देखाउँदै दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका थियो । अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका प्रेस सल्लाहकार ईश्वरराज ढकालले स्थगित परीक्षा कुन मोडालिटीबाट सञ्चालन गर्ने भन्नेबारेमा १५ दिन पछि बोर्ड बैठक बस्ने र त्यसमा आउने सुझावको आधारमा तय हुने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *