कोभिडबिरुद्धको रसियन खोप स्पुतनिक-भी ल्याउन अनुमति

काठमाडौँ, २४ बैशाख । औषधि व्यवस्था विभागले कोभिडबिरुद्धको रसियन खोप स्पुतनिक भीलाई आयात गर्न अनुमति दिएको छ । विभागले विहीबार लोमस फर्मालाई स्थानीय एजेन्टको रुपमा खोप आयात गर्न अनुमति दिएको हो । लोमसले दुई डोज खोपका ३ हजार ४८५ रुपैयाँमा उपलव्ध गराउने बताएको छ ।

रुसी सरकारी संस्था ग्यामेलिया नेशनल रिसर्च सेन्टरले विकास गरेको यो खोप ९२ प्रतिशत बढी प्रभावकारी भएको बताइएको छ । यो खोप २१ दिनको अन्तरमा दुई डोज लगाउन पर्ने बताइएको छ । भण्डारणका लागि २ देखि ८ डिग्री तापक्रममा राख्न मिल्ने बताइएको छ ।

विभागका महानिर्देशक भरत भट्टराईले स्पुतनिक भी खोप आयातका लागि विहीबार अनुमति दिइएको पुष्टि गरे । उनले भने, ‘अब रसियन खोप ल्याउने बाटो खुलेको छ । ल्याइएको खोपको अधिकतम मूल्य ३ हजार ४८५ रुपैयाँ तोकिएको छ ।’

बुधबार मात्रै विभागले भारतको शेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड हुकुम डिस्टव्युटरर्सलाई र भारत बायोन्टेकले उत्पादन गरेको कोभ्याक्सिन ल्याउन इमराल्ड फर्मालाई अनुमति दिएको थियो ।

उनीहरुले क्रमश दुई डोज खोपका लागि ३ हजार १८ रुपैयाँ र ५ हजार २०० रुपैयाँमा उपलव्ध गराउने प्रस्ताव पेश गरेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *