कोभिड महामारीमा स्वयंसेवी रक्तदाता समाजको १० बुँदे सुझाव
काठमाडौँ, २३ बैशाख । नेपाल स्वयंसेवी रक्तदाता समाजले देशमा कोभिड -१९ नयाँ भेरियन्टका कारण संक्रमणमा तिब्रता आएको भन्दै सावधानी रहन आफ्ना सदस्य (स्वयंसेवी रक्तदाता)हरुलाई अनुरोध गरेको छ ।
समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले आज विज्ञप्ती जारी गर्दै यस्तो अनुरोध गरेको हो । समाजले आफ्ना सदस्यहरुलाई स्वस्थ रही सुरक्षित ढंगले रक्तदान कार्यलाई निरन्तरता दिने, रक्तदान दिन गएका बेला स्वासथ्य सावधानी, मास्क, स्यानिटाइजर तथा भौतिक दूरीमा विशेष ख्याल गर्ने, सकेसम्म रक्तदान केन्द्रमै गएर रगत दान गर्ने भनेको छ ।
यस्तै परिचारिकाले हरेकसंग रगत झिक्दा डिस्पोजेवल ग्लोब्स प्रयोग गर्ने र अर्को व्यक्तिलाई प्रयोग नगनैै बताएको छ । यस्तै कोभिड भैसकेकाहरुलाई प्लाज्मा दानमा सक्रिय हुन समेत अनुरोध गरेको अध्यक्ष कर्माचार्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।

सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




