पछिल्लो २४ घण्टामा थप ७३७ जना बालबालिकामा कोरोना संक्रमण


काठमाडौँ, २२ बैशाख । नेपालमा पछिल्लो चौबिस घण्टामा थप ७ सय ३७ बालबालिकामा कोरोना भाइरस (कोभिड – १९)संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको विवरण अनुसार ० देखि ९ वर्ष उमेर समूहका २१३ जना बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका ५२४ जना बालबालिका रहेका छन् ।

आज सबैभन्दा बढी भने ३० देखि ३९ वर्ष उमेरका २ हजार १०३ जनामा संक्रमण पुष्टी भएको छ । त्यस्तै  २० देखि २९ वर्षका २ हजार ५१, ४० देखि ४९ वर्षका १ हजार ५५३ जना , ५० देखि ५९ वर्षका १ हजार १७३, ६० देखि ६९ वर्षका ५९० जना , ७० देखि ७९ वर्षका २३७, ८० देखि ८९ वर्षका ८६ जना , ९० देखि १०० वर्षका ९ जना र अज्ञात ६६ जनामा संक्रमण पुष्टी भएको छ ।

त्यसैगरी देशभरका प्रयोगशालाबाट २० हजार ७ सय ५६ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ८ हजार ६ सय ५ जना र ६१६ जनाको एन्टीजेन परीक्षण गर्दा ५४ जना गरी थप ८ हजार ६ सय ५९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यही अवधीमा १ हजार ९९३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । भने थप ५८ जनाको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *