नेपालगञ्जकी संक्रमित महिलाको शल्यक्रियामार्फत सुत्केरी

शल्यक्रियामा सहभागी डा सिन्हाको टोली

बाँके, २० बैशाख । नेपालगन्जकी कोरोना संक्रमित गर्भवतीले शल्यक्रियामार्फत बच्चा (छोरा) जन्माएकी छिन् ।

नेपालगन्ज उपमहानगरपालिका–६ फुलटेक्राकी ३२ वर्षीया ती महिलाको आइतबार राती १२.३९ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शल्यक्रियामार्फत बच्चा निकालिएको हो ।

प्रसूति व्यथाले च्यापेपछि उनी आइतवार राती ९ बजेतिर नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी थिइन् । उनको सबै चेकजाँचपछि राती १२ः ३९ बजे बजे शल्यक्रिया गरेर बच्चा निकालिएको शल्यक्रियामा संलग्न स्त्रीरोग विशेषज्ञ डा कविता सिन्हाले जानकारी दिईन् । बच्चाको तौल २ दशमलव ९ किलो छ ।

उनले भनिन्, ‘उहाँको १५ महिनाको अन्तरमा दोस्रो पटक सिएस हुँदै थियो । यो आफैमा खतरा मानिन्छ । यस्तो अवस्थामा पाठेघर फाटन सक्छ । त्यसैले पनि खतरा थियो । त्यसमाथि अस्पताल आएपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो । त्यसैले पनि थप सतकर्ता हुनुपर्ने थियो । तर हाम्रो टिमले उहाँलाई सावधानीपूर्वक शल्यक्रियाद्धारा सुत्केरी गराउन सफल भयो । अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य छ ।’

डा सिन्हाले ‘पहिलो र दोस्रो बच्चाको जन्मान्तर कम हुँदा पाठेघर फुट्ने अवस्थामा पुग्ने भन्दै समयमै हामीले शल्यक्रिया गरेका कारण सफल हुन पाएको बताइन । नवजात शिशुलाई संक्रमित आमाकै स्तनपान गराएपनि अभिभावकसंग छुट्टै राखिएको उनले बताइन ।

शल्यक्रियामा डा सिन्हा सहित प्रोफेसर डा मिता सिंह, डा गोमा रिमाल, शैलेन्द्र शाक्य, नर्स सरस्वती श्रेष्ठ, हेमा शाही, अम्बी महरालगायत सहभागी थिए ।

कोहलपुर मेडिकल कलेजमा कोरोनाको पहिलो लहरका बेला संक्रमणमै रहेका थुप्रै महिला सूत्केरी भएका थिए । यसपटक भने डा सिन्हाले दुई जना संक्रमित अवस्थामा दुई जना सुत्केरी भएको जानकारी दिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *