कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

काठमाडौँ, २० बैशाख । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण देखा परेको छ । शर्माले सामाजिक सञ्जाल फेसबुकबाट आफूलाई कोभिड -१९ पोजेटिभ देखिएको पुष्टि गरेका छन् ।

उनले भनेका छन्, ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार अस्पताल पुगेर स्वाब दिएँ । बिहानीपख रिपोर्ट आयो पोजेटिभ । टेकुका डा मित्र अनुप बास्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ ।सबैलाई विनम्र आग्रह छ । सजग बनौं ।

पछिल्लो पटक राजनीतिक दलका नेताहरुसमेत भकाभक कोरोना संक्रमणमा परेका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनाल मात्रै होइन संघीय सरकारकै तीन जना मन्त्री समेत संक्रमणमा परिसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *