एउटा डाक्टरको ‘डेडिकेशन’

468
Shares

काठमाडौँ, १८ बैशाख । बाँके कोरोनाको दोस्रो लहरको पनि ‘हटस्पट’ । त्यहाँको अवस्था कस्तो भइसकेको छ भन्ने कुरा आज बेलुका सामाजिक सञ्जालमा भेटिएको तस्बिरले बताउँछ ।

नेपालगञ्ज मेडिकल कलेजका डाक्टर पुरुषोत्तम बर्मा जो आफै कोरोना संक्रमणमा परेका छन् । उनी त्यहि अस्पतालमा उपचार सेवा लिइरहेका छन् । तर उनले पीपीई लगाएर ड्युटि पनि गरेका छन् ।

हातमा क्वानुला जोडेका उनले टेवुल वर्कमा व्यस्त भएको तस्बिरले स्पष्ट गरेको छ ।

‘नेपालगञ्जमा डाक्टरहरुले बिरामी हुन पनि पाउँदैनन् । संक्रमित हुन पनि मनाई छ । किनभने हामी संक्रमित र बिरामी भयौँ भने यस क्षेत्रका हजारौँ जनताको सेवा कसले गर्छ ?,’ केही दिन अघि भेरी अस्पतालका एक जना चिकित्सकले भनेका थिए । नेपालगञ्ज मेडिकल कलेजका चिकित्सक बर्माको यो तस्बिरले उनको भनाई साच्चिकै रहेको पुष्टि गरेको छ ।

सलाम छ डाक्टरको यो लगन प्रति । अनि शीघ्र स्वास्थ्य लाभको कामना पनि ।

तस्बिर  : रामबहादुर लिम्बु कुरवाङ

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *