पछिल्लो चौविस घण्टामा थपिए ४८९७ जना कोरोना संक्रमित

312
Shares

 

काठमाडौँ, १५ बैशाख । पछिल्लो चौविस घण्टामा देशभर थप ४ हजार ८९७जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधीमा ७७३ जना भने निको भई डिस्चार्ज भएका छन् । अहिले निको हुने दर ८९.३ प्रतिशतमा झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीका अनुसार १३ हजार ८ सय ७९ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ४ हजार ७ सय ७४ जना र ९५५ जनाको एन्टीजेन परीक्षण गर्दा १२३ जना गरी थप ४ हजार ८ सय ९७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार ४६४, ललितपुरमा ३५१र भक्तपुरमा २३२ जना गरी २ हजार ४७ जना थपिएका छन् ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ९ पुगेको छ । क्वारेनटीनमा ५४ जना छन् । त्यसैगरी हालसम्म १२ वटा जिल्लामा ५ सय भन्दा बढी संक्रमित र १० वटा जिल्लामा २ सय भन्दा बढी संक्रमित रहेका छन् ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ३१७ र भेन्टीलेटरमा ९८ जना उपचाररत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *